देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब सिटामोलको मूल्य २ रुपँयाभन्दा बढी पर्ने

देशान्तर

काठमाडौं – सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ ।

बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो ।

‘विज्ञ सल्लाहकारको रायका अनुसार ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको भन्ने आयो । त्यसकारण ६५० एमजीको पारासिटामोल दर्ता गर्ने भन्ने निर्णय भयो,’ विभागका प्रवक्ता सन्तोष केसीले जमानकारी दिए ।
उनका अनुसार डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोकिने छ ।

तर, सरकारको यो कदमको उपभोक्ता अधिकारकर्मीले भने विरोध जनाएका छन् । उनीहरुले क्निकल परीक्षण नै नगरी औषधि उत्पादकको दबाबमा मूल्य बढाउने हिसाबले थप तौलको सिटामोल उत्पादन गर्न स्वीकृति दिएको आरोप लगाएका छन् ।