देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाण्डौँ र भक्तपुरमा भएको बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु

देशान्तर

काठमाण्डौ । काठमाण्डौको कलङ्कीमा तीन वटा गाडी र एउटा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु छ ।

कलङ्कीबाट बल्खुतर्फ आउँदै गरेको वाग्मती प्रदेश–१–२५–प ०४२० नम्बरको गाडी, बा ४९ प ७१८५ नम्बरको स्कुटर, बा १ प ९८८ नम्बरको माइक्रो बस र ना ५ ख ७५०८ नम्बरको ट्रक दुर्घटनामा परेका हुन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार पुरानो एमाले पार्टी कार्यालयनजिकै सुरूमा गाडीले स्कुटरलाई ठक्कर दिएको थियो । गाडीले ठक्कर दिएपछि स्कुटर माइक्रो बससँग ठोक्किएको थियो ।

माइक्रोसँग ठोक्किएपछि स्कुटरमा रहेका एक जना उछिट्टिएर ट्रकमुनि परेको प्रहरीले जनाएको छ । स्कुटर पछाडि रहेका सुनसरी धरान घर भइ ललितपुरको टीकाथली बस्ने २९ वर्षीय सन्तोष लिम्बुको वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते स्कुटर चालक दिनेश थापाको वयोधा अस्पतालमै उपचार भइरहेको छ ।

त्यस्तै, भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

राधेराधेबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ४ ख २००१ नम्बरको बसले प्रदेश नम्बर ३–०२–००६ प ६११४ नम्बरको मोटरसाइकललाई भक्तपुर नगरपालिका– १ सिर्जनानगरमा ठक्कर दिएको हो ।

मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का रमेश तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।