देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्ड र माधवहरु किन कांग्रेसको जयजयकार गर्दैछन् ?

देशान्तर

काठमाडौं । यति बेला कांग्रेस कार्यकर्ता भन्दा धेरै वामपन्थी नेताहरुले कांग्रेसको जयजयकार गर्न थालेका छन् ।

उनीहरुको यो कांग्रेसप्रतिको जयजयकार स्वार्थ निहित छ । विशेषत सत्ता गठबन्धनमा रहेका दुई वामपन्थी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आगामी चुनावमा कांग्रेससँग तालमेल गरेर जान चाहन्छ । कांग्रेसको सहयोगमा मात्र आफ्नो दलले धेरै भन्दा धेरै स्थानीय तहमा विजयी हासिल गर्न सक्ने अन्यथा त्यसो नहुने अवस्थाको हेक्का उनीहरुले लिएका छन् ।

कांग्रेसमा भने चुनावी तालमेलका विषयमा दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवालगायत देउवा पक्षका नेता यसको पक्षमा देखिरहँदा देउवासँग महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइराला पक्ष भने तालमेलको विपक्षमा छ । कांग्रेस संस्थापन इतरपक्षले यसअघि नै सभापतिले चाहेर मात्र चुनावमा गठबन्धन नहुने भन्दै बताइ गरिसकको छ । बुधबार काठमाडौंमा बसेको कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको हो । उसले पार्टीको विधान अनुसार चार तहको समिति रहेको भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न दिइनु पर्ने बताउँदै आएको छ ।

यसै स्वार्थको पेरिफेरिमा रहेर सत्ताधारी दुई कम्युनिष्ट पार्टी माओवादी र एकीकृत समाजवादी यति बेला कांग्रेस रिझाउन बाध्य छन् । कांग्रेसको साथ विनाको आगामी चुनावमा जाँदा हैसियत देखिने त्रासका कारण पनि उनीहरु चुनावी तालमेलका लागि कहिले देउवा त कहिले स्वर्गिय गिरिजा प्रसाद कोइरालाको सहमति सहकार्यको मन्त्र जप गर्दै कांग्रेस खुशी पार्दैछन् ।

आजै मात्र माओवादी अध्यक्ष प्रचण्डले संविधान निर्माणको प्रशंग उठाउनु भएको थियो । दलहरुको सहकार्यबाटै संविधान बनेको भन्दै उनले भने“सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्यो ? के संविधानसभा हुन्थ्यो ? के संविधान जारी हुन्थ्यो ?”

भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष प्रचण्डले तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम समयसम्म सहमति सहकार्यलाई मन्त्रको रुपमा भन्ने गरेको स्मरण गराए ।

यसैगरी यता काठमाडौंको एक कार्यक्रममा आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको भन्दै देउवाको गुणगान गाए ।

अखिल नेपाल महिला संघ समाजवादीको भेलालाई सम्बोधन गर्दै नेपालले त्यतिमात्र कहाँ हो र ? प्रधानमन्त्री पत्नि आरजु राणाको समेत प्रशंसा गरे ।

उनले भने ‘आरजु देउवाले कैलालीमा पुगेर भन्नुभएछ, ‘म अब कैलालीबाट नै उठछु, चुनावमा गठबन्धन चाहिन्छ, गठबन्धनको महत्व बुझिदिनु भएकोमा आरजुजीलाई पनि धन्यवाद ।’

यी दुई कम्युनिष्ट नेताको चालबाजी भरसक पुरै कांग्रेस त्यहाँमाथि नभए देउवालाई खुशी पारेर भएपनि आफ्नो दुनो सोझ्याउने देखिन्छ ।