देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपतिको आग्रह : सहकार्यमा जोड दिएर अगाडि बढ्नुहोला

देशान्तर


काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले सम्वाद र सहकार्यमा जोड दिएर गैर आवसीय नेपाली संघ (एनआरएनए) अगाडि बढाउन आग्रह गरेकी छन् ।

ललितपुरको कुपोण्डोलमा शुरु भएको दुई दिने एनआरएनएको १० औँ महाधिवेशनको उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले संविधानले गैरआवसीय नेपालीको लागि सोहीअनुरुपको नागरिता प्रदान गर्ने योजना बनाएको बताएकी थिइन् । उनले नेपालीका माग र चाहना सरकारले पूरा गर्ने विश्वास व्यक्त गरिन् ।

यस्तै, राष्ट्रपति भण्डारीले विदेशमा रहेका नेपालीले नेपाली दूत बनेर कलाको बारेमा विश्वलाई जानकारी दिने गरेका बताएकी थिइन् ।

यस क्रममा उनले ०७२ सालको भूकम्पमा एनआरएनएले ठूलो सहयोग गरेको स्मरण गरेकी थिइन् ।