देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आगामी निर्वाचनको लागी २ लाख ९३ हजार भन्दा बढीले दिए आवेदन

देशान्तर

काठमाडौं – आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न दिएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएकाभन्दा दोब्बर बढीले आवेदन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले एक लाख म्यादी प्रहरीका लागि ६ देखि ११ चैतसम्म दर्खास्त दिन आह्वान गरेको थियो । यो अवधिमा झण्डै तीन लाख जनाले आवेदन दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले  बताए ।

उनका अनुसार सबैभन्दा बढी आवेदन मधेश प्रदेशमा परेको छ । ‘सबैभन्दा बढी मधेश प्रदेशमा ६८ हजार ६ जनाको आवेदन परेको छ’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)केसीले भने, ‘मधेशपछि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५६ हजार ५६० जनाको आवेदन परेको छ ।’

प्रवक्ता केसीका अनुसार प्रदेश नं। १ मा ५० हजार ९४४, बागमतीमा २७ हजार ८३४, उपत्यकामा १३ हजार ९५०, गण्डकीमा २५ हजार ५०, कर्णालीमा २१ हजार २४५ र सुदूरपश्चिममा २९ हजार ७१४ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका छन् । आवेदन दिएकाहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको केसीले बताए ।