देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

छात्राहरूमा यौन हिंसा बढ्दै : रोक्न प्रशासनको ध्यानाकर्षण

देशान्तर

जुम्ला । शिक्षालयमा अध्ययनरत छात्राहरूमा बढ्दै गएको यौन हिंसाको बारेमा प्रशासनको ध्यानाकर्षण गराइएको छ । पछिल्लो समय देशका विभिन्न प्राविधिक विद्यालयमा अध्ययनरत छात्राहरू यौन हिंसाका सिकार भएको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको हो ।

केही समयअघि मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिकालगायत देशभर छात्राहरूमाथि यौन हिंसा भयो । त्यस्तै विद्यालयमा पनि किशोरी सुरक्षित छैनन् । यसैबीच शिक्षालयका छात्राहरूमा हुने यौन हिंसा न्यूनीकरण गर्न माग गर्दै अखिल ९क्रान्तिकारी०को छात्रा विभागद्वारा जिल्ला प्रशासन कार्यालय जुम्लालाई ध्यानाकर्षण गराइएको छ ।

छात्रा विभागकी प्रमुखलाई सावित्री अधिकारीले प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ, पछिल्लो समय देशभर शिक्षालयमा छात्राहरू विभिन्न खाले हिंसाका सिकार भइरहेका छन् । त्यसमध्ये यौनहिंसा प्रमुख रहेको छ । छात्राहरू शिक्षालयमा नै असुरक्षित भइरहेका छन् ।

सरकारले चालेको अपर्याप्त र सुस्त कदमप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा यससम्बन्धी कडा कानुन नहुनु र भएको कानुन पनि सही तरिकाले कार्यान्वयन नहुनु प्रमुख समस्या रहेको छ । छात्राहरूमा हुने हिंसा न्यूनीकरणमा प्रहरी प्रशासनको विशेष ध्यान जावस् । आपराधिक क्रियाकलाप हुन नदिनका लागि ठोस योजना बनाइ स्थानीय तहदेखि तीनै तहमा ठोस नीति बनाउनु पर्ने र अपराधीहरूमाथि कडाभन्दा कडा कारबाहीको माग गर्न ध्यानाकर्षण गराइएको छ ।