देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आँखा उपचारमा तुलसीपुर उपमहानगरपालिका देशमै उत्कृष्ट

देशान्तर


दाङ । आँखासम्बन्धी उपचारमा दाङको तुलसीपुर उपमहानगरपालिका देशमै उत्कृष्ट भएको छ । नेपालमै पहिलो पटक अन्धोपन निवारणमा काम गरेको भन्दै तुलसीपुरलाई नेपाल नेत्रज्योति सङ्घले उत्कृष्ट सूचीमा राखेको हो ।

आज आइतवार ४४ औँ नेपाल नेत्रज्योति दिवसका अवसरमा अन्धोपन निवारणमा देशभरमा उत्कृष्ट काम गरेको भन्दै उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई काठमाण्डौमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सम्मान गरे । उपमहानगरपालिकाले उज्यालो तुलसीपुर कार्यक्रमअन्तर्गत नेपाल नेत्रज्योति सङ्घ दाङको साझेदारीमा तीन सय जनाभन्दा बढीलाई उज्यालो संसार देखाएको राप्ती आँखा अस्पताल तुलसीपुरका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिए ।

देशका सात सय ५३ वटा स्थानीय तहमध्ये अन्धोपन निवारणमा नेत्र ज्योति सङ्घ दाङसँग साझेदारीमा काम गर्ने पहिलो स्थानीय तह तुलसीपुर उपमहानगरपालिका भएको सूचना अधिकारी खड्काले बताए ।

तुलसीपुरलाई मोतीबिन्दु मुक्त बनाएर उज्यालो तुलसीपुरको अवधारणा ल्याएको तुलसीपुर उपमहानगरपालिकाको अहिले अन्य पालिकाहरूले पनि सिको गर्न थालेको नेत्र ज्योति सङ्घ दाङका अध्यक्ष कृष्ण गिरीले बताए । सङ्घका अध्यक्ष गिरीका अनुसार मोतीबिन्दुको अप्रेशनका लागि उपमहानगरले प्रतिव्यक्ति पाँच हजार र सङ्घले तीन हजार रुपैयाँ बेहोर्दै आएको छ ।

निःशुल्क मोतीबिन्दु अप्रेशनका लागि तुलसीपुर उपमहानगरपालिका र नेपाल नेत्र ज्योति सङ्घ दाङका बीचमा २०७४ भदौमा सम्झौता भएको थियो ।