
काठमाण्डौ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पालिकातर्फ सबैभन्दा धेरै मतदाता काठमाण्डौ महानगरपालिकामा रहेका छन् । काठमाण्डौ महानगरपालिकामा तीन लाख दुई सय ४२ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो नम्बरमा पोखरा महानगरपालिका रहेको छ । पोखरा महानगरपालिकामा दुई लाख सात हजार सात सय १२ जना मतदाता रहेका छन् भने तेस्रो नम्बरमा चितवनको भरतपुर महानगरपालिका छ । यहाँ एक लाख ८५ हजार सात सय ५२ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।
यस्तै पालिकामा सबैभन्दा कम मतदाता मनाङको नार्पाभूमि गाउँपालिकामा जम्मा चार सय ४८ जना मात्रै रहेका छन् । त्यसपछि दोस्रो नम्बरमा मनाङकै चामे गाउँपालिकामा सात सय ११ जना र तेस्रो नम्बरमा डोल्पाको छार्का ताङसोङ गाउँपालिका रहेको छ । यहाँ नौ सय ६७ मतदाता रहेका छन् ।
यस्तै जिल्ला अन्तर्गत सबैभन्दा धेरै मतदाता मोरङमा रहेका छन् । मोरङमा सात लाख १५ हजार दुई सय २३ जना मतदाता रहेका छन् । दोस्रो नम्बरमा झापा रहेको छ । झापामा ६ लाख ४६ हजार दुई सय ३४ र तेस्रो नम्बरमा रहेको काठमाण्डौमा ६ लाख ३७ हजार सात सय ७५ जना मतदाता रहेका आयोगले जनाएको छ ।
यस्तै जिल्लातर्फ सबैभन्दा कम मतदाता मनाङमा ६ हजार चार सय ९६ जना रहेका छन् । दोस्रो नम्बरमा रहेको झापामा १० हजार चार सय ८५ र तेस्रो नम्बरमा डोल्पा रहेको छ । डोल्पामा २२ हजार चार सय ४० जना मतदाता रहेका आयोगले जनाएको छ ।





प्रतिक्रिया