उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । सात घर जलेर नष्ट भएका छन् ।
आइतबार दिउँसो लागेको आगोका कारण त्यहाँकी ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै मृत्यु भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उनका अनुसार विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
घटनाको अनुसन्धान भइरहेको छ । आगो आइतबार बेलुका नै निभाइएको र पीडित परिवारलाई राहत दिने तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । उदयपुरगढी गाउँपालिका–१ का वडाध्यक्ष खेतबहादुर मगरकाअनुसार स्थानीय ओमबहादुर मगरको घरबाट आगो लाग्न सुरु भएको थियो ।
आगलागीमा भैरव बहादुर ग्राङ्जामगर, पदमबहादुर ग्राङ्जामगर, यम्बरबहादुर ग्राङ्जामगर, दिपबहादुर ग्राङ्जामगर, धनमाया ग्राङ्जामगर, शेरबहादुर ग्राङ्जामगर र ओमबहादुर ग्राङ्जामगरको घर गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ ।





प्रतिक्रिया