देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

देशान्तर

काठमाण्डौ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले आज पनि देशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् मञ्जु बासीकाअनुसार तत्काललाई ठूलो पानी पर्ने सम्भावना छैन तर स्थानीय वायु र पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावकै कारण प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली भइ हल्का पानी पर्नेछ ।

अबको एक/दुई दिनको मौसम यस्तै रहने पनि मौसमविद्को भनाइ छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम अहिले  आंशिकदेखि सामान्य बद्ली भएको छ । तराईका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहेको मौसमविद्ले बताएका छन्