देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इटहरीमा बम विष्फोटमा परी दुईजना घाइते

देशान्तर

काठमाडौं – सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन्।

इटहरी उपमहानगरपालिका– २ नवजागृति टोलमा सोमबार राति साढे १० बजे बम विष्फोट हुँदा इटहरी २ का २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजङ्ग गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार थापा बस्ने कोठामा बम विष्फोट भएको थियो। बम विष्फोट हुँदा घाइते भएका थापाको विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको छ। गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनास्थलबाट हिमाल सुरक्षा परिषद नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार हिमाल सुरक्षा परिषद्ले हिन्दुराष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो। विष्फोटमा घाइते भएकाहरु परिषद्को कार्यकर्ता भएको प्रहरीले बताएको छ।