देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सल्यानमा प्रहरी जवान मृत फेला

देशान्तर

सल्यान – सल्यानको इलाका प्रहरी कार्यालय शितल पाटीमा कार्यरत प्रहरी जवान मृत फेला परेका छन्।

इलाका प्रहरी कार्यालय शितल पाटीदेखि झन्डै ५ फिट तल भगवती खोला जाने बाटोको नालामा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पश्चिम रुकुम मुसिकोट नगरपालिका छिवाङका पवन केसी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।

आज बिहान स्थानीय एक महिलाले प्रहरीको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन। ड्युटी सकेर कोठामा फर्कने क्रममा कार्यालय छेउको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने पौडेलको भनाई छ।

उनका अनुसार मृतकका परिवार घरबाट आएपछि मात्र घटना स्थलबाट शव उठाइने र पोष्टमार्टम गरिने छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।