देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला

देशान्तर

काठमाडौं – धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो ।

रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।