देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तेजाब र यौनहिंसाविरुद्धको अध्यादेश ल्याउने सरकारको निर्णय

देशान्तर

काठमाडौँ — सरकारले तेजाब आक्रमणविरुद्ध र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तेजाब आक्रमणविरुद्ध र यौनहिंसाविरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गर्नेछिन् । यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले एसिड आक्रमण गर्नेलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्तिसहितको अध्यादेश जारी गरेको थियो ।

तर सरकारले बेलैमा प्रतिस्थापन विधेयक नल्याएका कारण ती अध्यादेश निष्क्रिय भएका थिए । अघिल्लो सरकारले ल्याएका १५ वटा अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयक नल्याएका कारण निष्क्रिय भएका थिए ।