काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति गरिने बताए छ । शुक्रबार विराटनगर विमानस्थलको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले चाँडै नै विराटनगर विमानस्थलको स्तरोन्नति लगायत अन्य भौतिक संरचना निर्माणको काम गरिने बताए ।
उनले भने, “विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोज भइसकेको छ, यहाँ निर्माण गर्नु पर्ने भौतिक संरचनादेखि कन्भेर बेल्ट लगायतको काम चाँडै हुने छ ।”
यसैगरी मन्त्री आलेले विमानस्थल स्तरोन्नतिका लागि रकम अपुग भए आगामी आउने बजेटमा विनियोजन गर्ने समेत जानकारी दिए । विराटनगरबाट अन्य क्षेत्रमा पनि जहाज चलाउनका लागि पहल भइरहेको समेत मन्त्री आलेले बताए । विराटनगर विमानस्थल क्षेत्रीय स्तरको विमानस्थल निर्माणका विषयमा भइरहेका कामका बारेमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री आलेले जग्गा अधिग्रहणकै लागि मात्र १७ करोड रुपैयाँ आवश्यक पर्ने भएको र यहाँका नागरिक समाज तथा सबै क्षेत्र तह, तप्काबाट जग्गा प्राप्ति हुन सके यो विमानस्थल क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि आफुले सक्दो सहयोग गर्ने समेत मन्त्री आलेले जानकारी दिए ।
उनले भने, “विराटनगर क्षेत्रीय स्तरको विमानस्थल वानउने विषयमा मलागयत पूरै हाम्रो टिम सकारात्मक छ, जग्गा प्राप्तिका लागि आवश्यक सहयोग गरे, क्षेत्रीय स्तरको विमानस्थल अवश्य बनाउने छौँ ।”
यसैगरी मन्त्री आलेले विराटनगर विमानस्थलमा रहेका कतिपय संरचनाहरु जीर्ण भएका र केही पुनर्निर्माण गर्नु पर्ने देखिएकाले ती संरचनाको टेन्डर भइसकेकाले चाडो काम सक्नका लागि सबैले चासो देखाउनु पर्ने बताए । मन्त्री आलेले विराटनगर विमानस्थलको निरीक्षण तथा अवलोकन गर्दै विमानस्थलमा निर्माण गरिएका यात्रु सौचालयदेखि अन्य क्षेत्रहरु सफा र सुग्घर राख्न समेत निर्देशन दिनु भएको छ ।





प्रतिक्रिया