देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक नारायणको ‘टिमुर’सार्वजनिक

देशान्तर

काठमाण्डौँ । नामले मात्र हैन, सृजनाका हिसावले पनि एक हुन्, एक नारायण भण्डारी । गीत, संगीत, गायन र व्यवसायलाई सँगै अघि बढाएका एक नारायणको पछिल्लो सृजना ‘टिमुर’सार्वजनिक गरिएको छ ।

दुई महिना अघि मात्रै ‘जुम्लाबाट आउनुभयो मित’आफैँले गाएर बजारमा प्रस्तुत गरेका उनले दुई हप्ताअघि मात्रै ‘एउटा घैँला दुई कुवामा’दोहोरी गीत बजारमा ल्याएका थिए । शुक्रबार सार्वजनिक गरिएको ‘टिमुर’मा बैकुण्ठ महत र प्रिती आलेको स्वर रेकर्ड छ ।

फूलले आफैँ भमरा डाक्दैन्
भमरा आए केही कसुर लाग्दैन्

ओठै पर पर परपर भयो
टिमुर दाना चपाँउदा
छाति चर चर चरचर भयो
चोखो पिरती नपाउँदा

सितारा म्यूजिकको उत्पादनमा सार्वजनिक गीतको भिडियो कुमार केसीको निर्देशनमा तयार गरेका छन् । केसीले भिडियो मेकिङमा निकै मेहनत गरेका छन् । अब्बल अडियो अनुसार भिडियो अब्बल बनाउन नायक दिलिप रायमाझी र प्रिती आलेलाई नचाइएको छ ।

सर्जक भण्डारी लेख्छन्, ‘गीत अनुसार नायक नायिका नाच्छन् भने दर्शककै चाहाना अनुसार कलम नचाउने कोशिस गरेको छु । आफुले दुइ पटक हेरेपछि एक पटक साथीलाई हेर्न लगाउनु है ।’ गायक महतले गीतको निर्माण टिमलाई धन्यवाद दिदै भन्छन्, ‘भिडियो हेरेर प्रतिक्रिया दिने प्रति आभारी छु ।’

‘टिमुर’गीतबारे प्रतिक्रिया दिदै सर्जक प्रल्हाद सुवेदी लेख्छन्, ‘‘आयो बतास बासना बोकेर, गयो तिम्रो जिउभरी पोखेर’ आहा ! निकै मिठो गीत प्रिय एक नारायण भण्डारी दाई, बैकुन्ठ महतजी, कुमार केसी दाई, दिलिप रायमाझी दाई अनि प्रिती आले बैनी सबैलाई बधाई सहित सफलताको शुभकामना ।’