देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘क्या दामी भो’पछि ‘कुरो दामी हो’

देशान्तर

काठमाडौँ । गायक शिव परियारले झन्डै ११ वर्षपछि (क्या दामी भो–२) ‘कुरो दामी हो’बोलको गीत सार्वजनिक गरेका छन् । ‘बेहोसीपछि त होसमा आउँदा क्या दामी भो’ का गीतकार राजेन्द्र थापाको शब्दमा परियारले ‘कुरो दामी हो’ गाएका छन् ।

‘अचाक्ली रौसीले लिभर प्वाल पार्नी रै’छ
अचाक्ली मायाले कलेजी प्वाल पार्नी रै’छ
अचाक्ली क्यै नि गर्न नहुनी रै’छ
ऐले आर था’भो कुरो दामी हो ।’

गीतकार थापाका अनुसार ‘क्या दामी भो’ गीतको दोस्रो भागकै रूपमा ‘कुरो दामी हो’ आएको हो । देशको राजनीतिक अवस्था, दलका नेता तथा जनताको अवस्थाले अहिलेको गीत सिर्जना भएको थापाले सुनाए ।

गीतले राजनीतिक विषयलाई बिम्बात्मक रूपमा उठान गरेर सामाजिक दृष्टिकोणमा ढाल्न खोजिएको थापाको तर्क छ । अचाक्ली भएमा रक्सी होस् या माया दुवै कलेजोका लागि नराम्रो हो भन्ने सन्देश दिएपनि यसका पछाडि समकालीन राजनीतिक तथा सामाजिक विषयले छुन खोजिएको उनको भनाइ छ ।

‘क्या दामी भो’ गीत आफ्नो सांगीतिक यात्राको टर्निङ पोइन्टसमेत बनेको गायक शिव परियारको भनाइ छ । गीतमा दीपक सिलवालको संगीत र साहस शाक्यको एरेन्ज छ । शान थापाको निर्देशनमा अरुण क्षेत्री र प्रियना आचार्यले अभिनय गरेका छन् ।