
आगामी बैशाख ३० को स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा पार्टी प्रवेश र पार्टी परित्यागको लहर नै चलेको छ ।
शनिबार नेपाली कांग्रेस मेलुङ काठमाडौं सम्पर्क समितिले आयोजना गरेको स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जनाभन्दा बढि नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
प्रवेश हुनेहरुमा जसपा जिल्ला कमिटी सदस्य तथा दलित मुक्तिमोर्चाका केन्द्रीय सदीय साजन घताने, जिल्ला कार्यसमिति सदस्य महेश थोकर र समाजवादी युवासंघ दोलखाका अध्यक्ष शिवराम थापा लगाएत ६५ जना छन् ।
घताने, थोकर र थापाको नेतृत्वमा पार्टी प्रवेश गरेका उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामा र जिल्ला सभापति बर्मा लामाले पार्टी स्वागत गरेका थिए ।
दोलखामा वर्षौदेखि एक छत्र राज गरेर बसेको एमालेलाई आगामी निर्वाचनबाट पत्तासाप बनाएर कांग्रेस जिताउन पार्टी प्रवेश गरेको नव प्रवेशीहरुले बताएका छन् । जिल्लामा यो पटक नेपाली कांग्रेसले नयाँ इतिहास रच्ने उनीरुहको भनाई छ ।





प्रतिक्रिया