देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हिरासतभित्रै आत्महत्याको प्रयास

देशान्तर

काठमाडौँ – चोरीको आरोपमा प्रहरी हिरासतमा रहेका एकजनाले आत्महत्याको प्रयास गरेका छन् ।

बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाको तार चोरीको अभियोगमा पक्राउ परेका २८ वर्षका रुद्रबहादुर नेपालीले आत्महत्या प्रयास गरेको प्रहरीको दावी छ । घाँटीमा गहिरो चोट लागेका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार तामाका तारहरु कवाड पसलमा बेच्दै गरेको अवस्थामा नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका नेपाली सोमबार दिउसो घाँटी रेटिएको अवस्थामा रहेको नेपालीका आफन्त मानकुमारी सार्कीले जनाएकी छिन् । हिरासतभित्रै घाँटी रेटिनु शंकास्पद र गम्भीर भएको भन्दै उनले घटनाको छानबिन हुनुपर्ने माग समेत गरेकी छिन् ।

‘कुनै धारिलो हतियार लैजान नपाइने प्रहरी हिरासतभित्र घाँटी रेटिनु शंकास्पद हो’–मानकुमारीले भनिन्, ‘लडेको भए पेट, छाती वा अन्त चोट लाग्नु पर्ने, त्यस्तो केही छैन घांटी मात्र रेटिएको छ ।’

हिरासतमा रहेका नेपालीले आफै धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।