देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रपति भण्डारीद्वारा ५ अध्यादेश जारी

देशान्तर

काठमाण्डौ । सरकारले विभिन्न पाँच वटा अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार पाँच वटा अध्यादेश जारी गरेकी छिन् ।

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् ।

यस्तै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेश यसबीचमा संसदमा पेस भए पनि संसदले कानुन बनाउन सकेको छैन ।