देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कङ्गोमा मृत्यु भएको नेपाली सैनिक सुर्खेत गुर्भाकोटका अनिल गुरुङ रहेको पुष्टि

देशान्तर

काठमाडौँ – कङ्गोमा शान्ति मिसनको क्रममा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेतको गुर्भाकोट–१४ का अनिल गुरुङ रहेका खुलेको छ ।

अपरेशन ‘बाली’ का क्रममा हिजो विद्रोहीको आक्रमणबाट घाइते भएका सिपाही गुरुङलाई थप उपचारका लागि बुनियाँ लेबल–२ अस्पताल लगिएको थियो । शान्ति सेनाको पहिलो डफ्फा कङ्गोमा खटिएका गुरुङको उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाले पुष्टि गरेको छ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले मृत्यु भएका गुरुङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसअघि नै शोक विज्ञप्ति निकालेर मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै शान्ति सेनामाथि भएको आक्रमणको निन्दा गर्दै उनले घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कङ्गोका अधिकारीलाई आग्रह गरेका छन् ।