देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बेग्लाबेग्लै दुर्घटनामा ललितपुर र सर्लाहीमा दुई जनाको मृत्यू

देशान्तर

काठमाण्डौ । ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

बुधबार बेलुका साढे ५ बजेतिर बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछाप मन्थली नगरपालिका पुराना गाउँ घर भइ ललितपुरको लुभुमा बस्ने विमला पुरीका दुई वर्षका छोरा आर्यनको ज्यान गएको प्रहरीले जनाएको हो । कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

उता, सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली लागेर एक भारतीय युवकको ज्यान गएको छ । मलङ्गवा नगरपालिका–८ मा हिजो बेलुका पहिचान नखुलेको समूहले गोली चलाउँदा भारत विसनपुर आधार पञ्चायत घर भएका इन्दल महतोको ज्यान गएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो । तर, डाक्टरले मृत घोषणा गरेका थिए । सर्लाहीका सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाका अनुसार मृतक महतोको पाखुरासहित शरीरका तीन ठाउँमा गोली लागेको थियो ।

महतोलाई मोटरसाइकलमा भारतबाट आउँदै गर्दा मोटरसाइकलमै आइरहेका अज्ञात व्यक्तिले गोली हानेर फरार भएका हुन् । सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले फरार व्यक्तिको खोजी भइरहेको र घटनाको विषयमा थप अनुसन्धान चलिरहेको बताए ।