देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चैत मसान्तसम्ममा पनि मेलम्चीको पानी नआइपुग्ने

देशान्तर

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको पानी चैत मसान्तसम्म काठमाडौं नआउने भएको छ । मुहानबाट मूल सुरुङमा अझै पानी भर्न सुरु नगरिएकाले आयोजनाले राखेको लक्ष्यअनुसार चैत मसान्तसम्म पानी नआउने भएको आयोजनाका एक अधिकारीले बताए ।

‘भारतबाट विभिन्न हाइड्रोमेकानिकल गेटहरुको रबर लगायतका मर्मत सामग्री ल्याउने काम भइरहेकाले सबै तयारी सकिने बाँकी रह्यो,’ आयोजनाका एक अधिकारीले भने,’त्यसै कारण निर्धारित लक्ष्य अनुसार काठमाडौंमा पानी झार्न नसकिने भयो ।’

आयोजनालाई सुरुङ खाली गर्न प्राविधिक कठिनाइ परेको थियो । गत असारमा आएको बाढीको कारण क्षतिग्रस्त भएको आयोजनाको मुहान क्षेत्रको सुरुङमा अनुमानभन्दा बढी लेदो भेटिएको थियो । यसले सुरुङबाट पानी हटाउने काम (डिवाटरिङ)मा समस्या परेको थियो ।

आयोजनाले डाइभर्सन टनेलमा पानी भरेर परीक्षण लगरेपनि मूल सुरुङमा पानी भर्न सुरु गर्नै सकेको छैन । पानी भर्न सुरु गरेको करिब २ हप्तामा सुरुङ भरिएर सुन्दरीजलमा पानी आइपुग्छ । त्यसैले वैशाखको मध्यदेखि अन्त्यसम्ममा मात्रै काठमाडौंमा पानी झर्न सक्ने अवस्था देखिएको आयोजनाका अधिकारीहरु बताउँछन् । बाढीको जोखिमले असारबाट तिहारसम्म फेरि सुरूङ बन्द गर्नु पर्ने भएकाले लामो समय मेलम्चीको पानी उपयोग गर्न नपाइने अवस्था छ ।

गत १ असारमा सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो ।

त्यसपछि निरन्तर आएको बाढीले बगाएर ल्याएको गेग्र्रयानले डाइभर्सन सुरुङ र दुई वटा अडिट टनेलको मुख थुनेको थियो । जसले गर्दा सुरुङमा जमेको सबै पानी बाहिर निकाल्न सकिएको थिएन । अहिले पानी निकालेर सुरुङ खाली गरिएपछि सुपरीवेक्षणसहित गेटरुको मर्मत गर्ने काम भइरहेको छ ।

अहिले ठेकदार कम्पनी सिनो हाइड्रोले बाहिरी भागमामा ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्रान हटाउने काम गरिरहेको छ । बाढीपहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क्स’का संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । त्यहाँ झन्डै तीनरचार लाख घनमिटर लेदो रहेको अनुमान छ ।

हेडवर्क्समा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ ठाउँमा बनाउनुपर्ने हुनसक्छ ।