देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका लगियो

देशान्तर

काठमाण्डौ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरव अघि पुर्याइएको छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीन धारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा दोस्रो दिन अर्थात रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्याउने गरिन्छ ।

रथयात्राको तेस्रो दिन आज हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिने सेतो मच्छिन्द्रनाथका पुजारी, समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिए । आज चिकमुँगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिने छ भने भोलि रथलाई लगनको सेतो मच्छिन्द्रनाथको आमाको मन्दिर रहेको रुखमा तीन चोटी घुमाइनेछ ।

पर्सि मूर्तिलाई रथबाट निकालेर खटमा राखेर असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै मच्छिन्द्रबहालमा रहेको मन्दिरमा फर्काइनेछ भने यससँगै सेतो मच्छिन्द्रनाथको जात्रा सकिनेछ ।