काठमाडौँ – सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा पुष्पराम केसीलाई नियुक्त गरेकोछ ।
पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी वरीयतामा अगाडि थिए। उनले उमेरहदका कारण २०७९ वैशाख १८ मा अवकाश पाउँदै छन् । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए ।
खनालको अवकाशपछि केसी र रामशरण पौडेल आईजीपीको प्रतिस्पर्धामा थिए ।





प्रतिक्रिया