काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको गुनासो गरेका छन् ।
नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना दिँदै शाहले वर्ष बदलिँदा हर्ष बढ्नुपर्ने धारणा राखे । भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि हुनुपर्ने उनको भनाइ छ ।
शाहले नयाँ वर्षको प्रारम्भमा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेर बसेका सबै नेपालीमा सुख, शान्ति तथा समुन्नतिको कामना गरेका छन् ।
देशको आर्थिक स्थिति नाजुक बन्दै गएको प्रति संकेत गर्दै नेपालीको घर–घरमा बढ्दो महंगीसँगै थपेको आर्थिक बोझले जीवन धान्न मुश्किल परेको भन्दै उनले चिन्ता गरे ।





प्रतिक्रिया