देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाल्पामा बस दुर्घटना, दुई जनाको मृत्यू

देशान्तर

पाल्पा । पाल्पामा हिजो बेलुका भएको बस दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । चार जना बालबालिका गम्भीर घाइते भएका छन् ।

रैनादेवी छहरा गाउँपालिका–६, पानीधाराबाट जुठापौवाका लागि छुटेको ग १ ख ४९०२ नम्बरको बस सडकदेखि झन्डै ४ सय मिटर तल खसेको हो ।

दुर्घटनामा गाडीका चालक छहरा–६ धारापानीका ४२ वर्षका वेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जीसी र अशोकलाई जिल्ला अस्पताल पाल्पाले आज बिहान मृत घोषित गरेको हो ।

घाइते ७ वर्षका रोहित घर्ती, ८ वर्षका मिलन बगाले, ८ वर्षकै रोमन घर्ती र ९ वर्षका खिमबहादुर घर्तीको प्रभास तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।