देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

देशान्तर

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

आज (शनिबार) बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो भने देशको पहाडी भू–भागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा भने आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ । शनिबार राती भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा भने मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाकोसमेत सम्भावना महाशाखाले जनाएको छ ।