देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

देशान्तर

काठमाण्डौ । बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । मंगलबार छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन अनुरोध गरेको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमअन्तर्गत दुई दिनमा झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने सरकारको लक्ष्य छ ।

सरकारले गएको फागुन र चैतमा हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गरेको थियो । हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन भएका जिल्लामा दुई वर्षमाथिका बालबालिकाले जुकाको औषधि खाइसकेको हुन सक्ने भएकोले ती जिल्लामा बालबालिकालाई सोधेर मात्रै जुकाको औषधि खुवाउन भनिएको छ ।

सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि वर्षमा दुईपटक खुवाइँदै आएको छ ।