देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्वतको कुश्मा बजारमा आगलागी

देशान्तर

पर्वत – पर्वतको सदरमुकाम कुश्मा बजारको एक घरमा आगलागी भएको छ ।

लक्ष्मी श्रेष्ठको घरमा आगलानी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

करिब एक घण्टापछि स्थानीयबासी तथा प्रहरी र सशस्त्रको टोलीको पहलमा सामान्य नियन्त्रणमा आएपनि अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणका लागि कुश्मा नगरपालिका र छिमेकी बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकाबाट वारूणयन्त्र मगाएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

विद्युत् सटका कारण आगलागी भएको अनुमान गरिए पनि अझै कारण पत्ता लागिनसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए ।

आगलागीबाट मानवी क्षति भने भएको छैन ।