देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोदीद्वारा बेलायतका समकक्षी जोनसनलाई राष्ट्रपति भवनमा स्वागत

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुक्रवार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरे ।

दुई दिने भारत भ्रमणमा रहेको बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनरु दिइएको थियो ।

‘यो भारत–बेलायत मित्रता र दुई प्रजातन्त्र, सबैभन्दा ठूलो र सबैभन्दा पुरानो बीचको मिलनको शुभ क्षण हो । मलाई लाग्दैन कि भारत र बेलायतबीच यति बलियो र राम्रो सम्बन्ध कहिल्यै थिएन जुन अहिले छ’, जोनसनले भने ।

बेलायत र भारतको रणनीतिक प्रतिरक्षा, कुटनीतिक र आर्थिक साझेदारीमा घनिष्ट साझेदारीलाई सुदृढ पार्ने र इन्डो–प्यासेफिकमा सुरक्षा सहयोगलाई अगाडि बढाउने विषयमा वार्ता गर्न भारत भ्रमणको सुरुवातमा जोनसन हिजो बिहीवार गुजरात आइपुगेका थिए ।

‘उनीहरू (गुजरातका मानिसहरू)ले हाम्रा लागि सानदार स्वागत गरे । यो एकदम असाधारण थियो । मैले यस्तो रमाइलो स्वागत कहिल्यै देखेको छैन । मैले यस्तो स्वागत संसारमा अरू कतै पाएको थिइनँ । पहिलो पटक तपाईँको (प्रधानमन्त्री मोदीको) गृह राज्य हेर्न पाउँदा अचम्म लाग्यो’, जोनसनले भने ।

यसअघि बेलायती प्रधानमन्त्रीले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

बेलायती प्रधानमन्त्रीले भारतका विदेशमन्त्री एस जयशंकरसँग वार्ता गर्ने कार्यक्रम छ र त्यसपछि दुवै पक्षले हैदराबाद हाउसमा दिउँसो १ बजे प्रेस विज्ञप्ति जारी गर्ने बताइएको छ ।