देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२० प्रतिशतले इन्धन कटौती गर्न शिक्षा मन्त्रालयको निर्देशन

देशान्तर

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकायलाई इन्धन सुविधा २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ।

मन्त्रालयले वैदेशिक मुद्राको सञ्चितिमा परेको चापको कारण देखाउँदै इन्धन सुविधा कटौती गरेको हो।

‘निकायमा प्रयोग हुने इन्धन सुविधामा २० प्रतिशतले कटौती गर्नु हुन निर्देशनानुसार अनुरोध छ। साथै यो व्यवस्था हाललाई २०७९ असार मसान्तसम्मका लागि रहेको व्यहोरा अनुरोध छ’, जारी सूचनामा उल्लेख छ।