देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पालिका चुनावका लागि एमालेको घोषणापत्र सार्वजनिक

देशान्तर

काठममडौँ – नेकपा एमालेले वैशाख ३० गते हुने पालिका चुनावको घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरे ।
कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाए। एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगतमा गरेका काम र अब चुनाव जितेपछि गर्ने कामका विषयवस्तु समेटिएका छन् ।

आज सात सय ५३ वटा सबै पालिकामा पनि चुनावी प्रतिबद्धता सार्वजनिक गरेको उपाध्यक्ष पोखरेलले जानकारी दिए । एमालेले सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिकादेखि जनप्रतिनिधि शासक होइन जनताका सेवक हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा एमालेले कम्युनिस्ट आन्दोलनमा विभिन्न क्षेत्रबाट योगदान गर्ने १७ जना योद्धालाई सम्मान समेत गरेको छ ।