देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महानगरका उम्मेदवार टुंग्याउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । शुक्रबारका लागि तय गरिएको बैठक एक दिनपछि आज बस्न लागेको हो ।

बैठक आज बिहान ११ बजे बस्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शुक्रबार पदाधिकारीको बैठक लम्बिएपछि कार्यसम्पादनक समितिको बैठक स्थगित भएको थियो ।

आजको बैठकमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल हुनेछ ।