देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हेटौंडाको मेयरमा मीना कुमारी लामा गठबन्धनको साझा उम्मेद्वार

देशान्तर

हेटौंडा : सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको मेयरमा मीना कुमारी लामालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

गठबन्धनको साझा उम्मेद्वारको रुपमा हेटौंडा उपमहानगरपालिकाकी बहालवाला उपमेयर एव नेकपा एकीकृत समाजवादी पार्टीकी लामालाई उम्मेद्वार बनाउने निर्णय गरिएको हो ।

शनिबार नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरको उम्मेद्वार टुंग्याउन बसेको बैठकले हेटौंडा उपमहानगरपालिकामा उपमेयर लामालाई टिकट दिने निर्णय गरेको हो ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेद्वार बनेकी लामाले तत्कालिन नेपाली कांग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका बलराम बललाई पराजित गरेकी थिइन् ।