देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्दै छ । पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि समय भने निश्चित भइसकेको छैन ।

पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको घोषणापत्र तयारी समिति बनाएको थियो । समितिका एक सदस्यले घोषणापत्र तयारीको सबै काम सकिएको भन्दै आज त्यसलाई सार्वजनिक गर्ने बताए ।

कांग्रेसले घोषणा पत्रमार्फत् जनतालाई अनावश्यक सपना नबाँड्ने भनेको छ । घोषणापत्रमा समेट्ने विषयवस्तुबारे विभिन्न विज्ञहरुसँग कांग्रेसले राय सुझाव लिएको थियो ।

कांग्रेसले महानगरपालिकाहरुमा उम्मेदवारहरु टुंगो लगाउन आजै कार्य सम्पादन समितिको बैठकसमेत बोलाएको छ ।