देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोखराको मेयरको टिकट पाएपछि कृष्ण थापाले दिए प्रदेश सभा सदस्यबाट राजीनामा

देशान्तर

पोखरा – पोखरा महानगरपालिकाको मेयर उम्मेदवारको टिकट पाएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेले दीपक पौडेललाई दिइसकेको टिकट खोसेर थापालाई मेयरको उम्मेदवार बनाएको छ । उनले सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।

कास्की क्षेत्र नम्बर २ ९क० बाट प्रदेश सभामा विजयी भएका थापाले कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए ।

थापाले १५ हजार ३२९ मत ल्याउँदा बरालले ८ हजार ३२५ मत ल्याएका थिए ।