देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली

देशान्तर

काठमाडौँ – अहिले देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव समेत रहेकाले पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बद्ली भएको हो । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बद्ली रही केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

प्रि–मनसुनको समयमा पहाडी क्षेत्रमा चट्याङ्गको सम्भावना रहने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै तराईमा गर्मी बढिरहेकाले गर्मीका कारण हुने समस्याबाट बच्ने उपाय अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।