देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु

देशान्तर

काठमाण्डौँ– धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार तीनै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ ।

मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।