देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप १० जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र १ हजार १६२ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी १० जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन्। हाल देशभर २६१ जना सक्रिय संक्रमित रहेका छन्।

यो अवधिमा कसैको पनि मृत्‍यु भएको छैन। मंगलबार ८६ हजारले कोरोना भाइरस विरुद्धको खोप लगाएक छन्।