देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उम्मेदवारविरुद्ध परेको उजुरीमाथि आज र भोलि छानबिन हुदैँ

देशान्तर

काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेको उजुरीमाथि बुधबार छानबिन हुँदैछ।

आइतबार र सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गर्न लागेको हो। बुधबार र बिहीबार छानबिन गर्ने आयोगको कार्यतालिका छ। छानबिन सकेपछि बिहीबार उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ।

आयोगको पछिल्लो विवरण अनुसार स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। तर उम्मेदवारीको अन्तिम विवरण भने आइसकेको छैन।

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा कुल ३५ हजार २२१ पदका लागि मतदान हुनेछ ।