काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणी लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’ भएको आरोप लाएका छन्।
मंगलबार कांग्रेसको घोषणापत्रलाई ओलीले पागलहरूको प्रलाप भएको टिप्पणी गरेपछि ओलीले मनगढन्ते कुरा गरेको टिप्पणी गरेका छन्।
‘कांग्रेस घोषणापत्रको बारेमा ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो’ उनले ट्वीटरमा लेखेका छन्, ‘राजनीतिक मर्यादाको सामान्य हेक्का नराखी खर्चिएका शब्द कुण्ठाका पराकाष्टा हुन्। आफ्नो सरकारले गरेका काण्डहरूलाई जति बचाउँ गर्छन् उति नाङ्गिदै जान्छन्। सस्ता कुराले रक्षात्मक बनाउँछ।’
ओलीले राजनीतिक मर्यादाको सामान्य हेक्का नराखी खर्चिएका शब्द कुण्ठाका पराकाष्टा भएको आरोप लगाए। आफ्नो सरकारले गरेका काण्डहरूलाई जति बचाउँ गरेपनि ओली नाङ्गिदै जाने उनको भनाइ छ।





प्रतिक्रिया