देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

देशान्तर

काठमाडौं – सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार शनिबार र आइतबार दुई दिन बिदा दिइनेछ। आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५स्३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । मन्त्री कार्कीले परीक्षणको रुपमा दुई दिन बिदा दिने निर्णय भएको बताए ।

पेट्रोलियम पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो ।