देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दिक्तेलको मेयरमा काँग्रेसबाट तीर्थराजको उम्मेदवारी कायम, पोखरेलले लिए फिर्ता

देशान्तर

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली काँग्रेसबाट तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएको छ ।

यसअघि काँग्रेसबाट मेयरमा भट्टराई र धर्मराज पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल भएको थियो । काँग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रीय समितिले भट्टराईलाई मेयरको टिकट दिएपछि ‘को आधिकारिक उम्मेदवार हुन्’ भन्ने विवाद चर्किएको थियो ।

पोखरेलले बुधबार साँझ काँग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि भट्टराई काँग्रेसबाट मेयरका एक मात्र उम्मेदवार कायम भएका छन् । काँग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएपछि गठबन्धन कायम हुने÷नहुनेमा समेत आशंका पैदा गरेको थियो ।

गठबन्धन दलबीचमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर काँग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । सो सहमति अनुसार माओवादी केन्द्रले भने विसन राईलाई उपमेयरको उम्मेदवार बनाएको छ ।