देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यस वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण

देशान्तर

काठमाडौं – चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । तथ्यांकले विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहेको छ । बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड-१९ को असर पनि कम भएका आधारमा यस्तो अनुमान गरिएको विभागले बताएको छ ।

विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको २.३ प्रतिशत, उद्योगको १०.३ प्रशित र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागको अनुमान छ ।