देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजदेखि पानी पर्ने क्रम बढ्ने

देशान्तर

काठमाण्डौ । आजदेखि पानी पर्ने क्रम बढ्ने भएको छ । देशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्दै आएकोमा आजदेखि धेरै ठाउँमा पानी पर्न सुरु हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका धेरैजसो पहाडी क्षेत्रमा आज पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिए ।

आज प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका धेरैजसो पहाडी क्षेत्र र तराईका केही ठाउँमा पानी पर्ने उनले बताए । यो हप्तादेखि पानी पर्ने क्रम बढ्दै जाने र तापक्रम घट्ने मौसमविद् महर्जनले बताए ।

अहिले देशका केही ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दा जनजीवन प्रभावित भएको छ । सरकारले सावधानी अपनाउन आग्रह गरेको छ ।