देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चेल्सी र युनाइटेडले अंक बाँडे

देशान्तर

काठमाडौं । प्रिमियर लिग फुटबलमा बिहीबार राति चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । जहाँ मार्कोस अलन्सोले ६० औं मिनेटमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए । तर दुई मिनेटपछि नै युनाइटेडका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

बराबरीपछि तेस्रो स्थानको चेल्सीले ३३ खेलबाट ६६ अंक जोडेको छ । ३५ खेल खेलिसकेको युनाइटेड ५५ अंक जोडेर छैटौं स्थानमा छ ।