देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

देशान्तर

काठमाण्डौ । काठमाण्डौको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति प्रदेश नम्बर ०३–०२००५ प ५८७७ नम्बरको मोटरसाइकल कोटेश्वरमा अनियन्त्रित भइ नालीमा खस्दा २२ वर्षका सचिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका काभ्रे उग्रतारा गाउँपालिका वडानम्बर ७ का श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।