काठमाण्डौ । अहिले देशका विभिन्न ठाउँमा पानी परेको छ ।
गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ ।
अहिले पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताइन् । सात वटै प्रदेशका पहाडी क्षेत्रमा अबको तीन दिनसम्म यस्तै मौसम रहने अनुमान छ । मेघगर्जन/चट्याङ्गगसहित छिटफुट पानी पर्नेछ ।
पानी परेका ठाउँमा तापक्रम पनि घटेको छ । हिजो काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको थियो । काठमाण्डौमा आज बिहान चिसो भएको छ ।
बिहान काठमाण्डौको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ ।





प्रतिक्रिया