देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुनावसम्बन्धी सन्देशमूलक भिडियो प्रचार गर्नेलाई आयोगले पुरस्कृत गर्ने

देशान्तर

काठमाण्डौ । चुनाव सम्बन्धी सन्देशमूलक भिडियो प्रचार गर्नेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने भएको छ ।

चुनावी सन्देशमूलक भिडियो टिकटक बनाएर वा पहिलेकै स्वरुपमा वैशाख २९ गतेभित्र फेसबुक, युट्युब, टिकटकमा पोस्ट गरी पचास लाख, तीस लाख र बीस लाख दर्शक पुर्याउने व्यक्ति वा संस्थालाई आयोगले नगद र प्रशंसा पत्रले पुरस्कृत गर्ने भएको हो ।

पचास लाख वा त्योभन्दा माथि दर्शक पुर्याउनेलाई पचास हजार, तीस लाख वा त्योभन्दा माथि दर्शक पुर्याउनेलाई तीस हजार र बीस लाख वा त्योभन्दा माथि दर्शक पुर्याउनेलाई बीस हजार रुपैयाँ प्रदान गर्ने आयोगले निकालेको सूचनामा उल्लेख छ ।

पालिका चुनावका लागि आयोगले तयार पारेका सन्देशमूलक भिडियो आयोगको ट्विटर, युट्युब, फेसबुक र भाइबर जस्ता सामाजिक सञ्जालमा राखिएको छ ।